Tuesday, May 14Nepal News Portal
Shadow

नबिल बैंकले ल्यायो बैशाख महिनाभरी छुटै छुट


काठमाडौं, (ससं) । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुटप्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग”अफर ल्याएको छ । यसअफरअन्तर्गत नबिल बैंकले Nabil iCardर Nabil Credit Card (NPR) को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । उक्त छुटअफर २०७८ बैशाख महिनाभरी रहने हुनाले नजिकको शाखामागई ग्राहक महानुभावहरुले Nabil iCard र Nabil Credit Card (NPR)जारी गरि अफरको फाइदा लिई ढुक्क हुनसक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिलरेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Total Page Visits: 827 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्