काठमाडौं । अक्सिजनको धेरै अभाव हुन थालेपछि उद्योगीले चार गुणा बढी मूल्य लिएर अक्सिजन सिलिन्डर बेचिरहेका छन् । सामान्य अवस्थामा १० हजार रुपैयाँ पाइने एक सिलिन्ड अक्सिजनको मूल्य ४० हजार रुपैयाँसम्म लिन थालेका हुन् ।
कोरोनाका बिरामीले दैनिक रुपमा नयाँ रेकर्ड बनाइरहेको र उनीहरुलाई अक्सिजन आवश्यक पर्न थालेपछि केही उद्योगीले त्यसलाई कमाउने दाउका रुपमा लिइरहेका छन् ।
अहिले अक्सिजन उद्योगीले ४० हजार रुपैयाँ लिँदै पहाडी क्षेत्रमा अक्सिजनका सिलिन्डर पठाइरहेका छन् । देशमा कोरोना संक्रमणको दर उच्च गतिमा फैलिएकाले पहाडी क्षेत्रमा बसोबार गर्ने मान्छेले तराइ झरेर महँगो मूल्य तिरेर अक्सिजन लिएर गइरहेकका छन् ।
यदि कोरोना संक्रमण भइहाले र बिरामीलाई तत्काल अक्सिजन जोड्नुपर्ने अवस्था आएका अक्सिजन नपाउने देखेपछि पहाडबाट झरेर धमाधम अक्सिजन लिएर गइरहेका छन् ।
एकातिर त्यसरी पहाडी इलाकातिर अक्सिजन सिलिन्डर लैजादा बजारमा अक्सिजनको अभाव हुने र भएभरको अक्सिजन सिलिन्डर स्टकमा बस्ने हुन्छ भने अर्कोतिर यही मौकालाई केही उद्योगीले कमाउने दाउको रुपमा लिइरहेका छन् ।
कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि व्यापारीले मास्क, स्यानिटाइजरमा चरम कालोबजारी गरेका थिए । त्यसपछि अहिले अक्सिजनमा चरम कालोबजारी हुन थालेका छन् ।