Tuesday, May 14Nepal News Portal
Shadow

ताप्लेजुङका बैंक तथा वित्तीय संस्था बन्द


काठमाडौं । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु हिजो (वैशाख) बाट बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड-१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।
फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो । अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ ।

दिन प्रतिदिन जिल्लामा कोभिड(१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कोभिड-१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताए । तीव्ररुपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका छन् । यो खबर राससबाट लिइएको हो

Total Page Visits: 1028 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्