Tuesday, May 14Nepal News Portal
Shadow

साधना लघुवित्तले ग¥यो १ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामारी टन ट्रष्टलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौंलाई १ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको बताए । कम्पनीले अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिएको छ ।

Total Page Visits: 1029 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्