Saturday, May 18Nepal News Portal
Shadow

रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले गरे १६६ औं पटक रक्तदान


काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६६ औं पटकको रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समिति, काठमाडौंद्वारा मखँत्वामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा कर्माचार्यले १६६ औं पटको रक्तदान गरेका हुन् ।

कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा कर्माचार्यलाई बिशेष अतिथि काठमाडौं महानगरपालिका २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले अभिनन्दन गरेका थिए । साथै उक्त कार्यक्रमको संयोजनमा अहम् भूमिका निर्वाह गर्नुहुने नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितलाई पनि खादा पहराई सम्मान गरियो । उक्त कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्तका प्रमुख डिलबहादुर मल्लको पनि विशेष उपस्थिति रहेको थियो ।

 

Total Page Visits: 1515 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्