काठमाडौं । सडकमा ट्राफिक नियम पालन गराउन सरकारले नियम कडा बनाउने तयारी थालेको छ । यातायात व्यवस्था विभागले ‘प्रत्येक नागरिक ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गत सडकलाई तीनवटा जोनमा विभाजन गरेर नयाँ नियम लागु गराउन गृहकार्य थालेको हो ।
रातो, पहेँलो, हरियो गरी ट्राफिक बत्तीकै रङमा तीन जोनमा विभाजन गर्न लागेको हो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मुख्य सडकलाइ रातो र त्यस बाहिरको लेनलाइ पहेँलो र सडक अनुसार हरियो जोनमा वर्गीकरण मापदण्डसहितको हुनेछ। सडक जोन छुट्याउनका लागि लागि छुट्टाछुट्टै मापदण्ड हुनेछ।
रेड जोनमा गाडी रोक्नै पाइदैन। पहेँलोमा रोक्न पाइन्छ, रोकेर साथीहरुसँग गफ गर्न त पाइयो तर झर्न पाइँदैन। ग्रीनमा तोकिएको समयसम्म पार्किङ नै गर्न पाइन्छ । यसबाट ट्राफिक सुधार आउने अपेक्षा गरिएको छ । कसैले वर्गीकरण गरिएको क्षेत्र पालना नगरे जो कोहीले उजुरी गरिदिन सक्नेछन्। यसका लागि विभागले एउटा एप ल्याउने जनाएको छ। उक्त एपले करिव डेढ मिटरसम्म रहेका सवारी साधन रीड गर्न सक्नेछ।
एपबाट सवारीको विवरणसहित उजुरी जो कोहीले पनि गर्न सक्नेछन्। एपले आफैंले डेढ मिटरसम्म रीड गर्न सक्ने भएकाले भेरिफाइ पनि गर्छ। सेन्ट्रल सर्भरमा आएको विवरणका आधारमा आफैं एसएमएस जाने बताइएको छ ।
सीसीटीभी क्यामराको सहायताले पनि अनुगमन गरिनेछ। इम्बोस्ड नम्बरमा राखिएको चिप वा जीपीएस सिस्टमलाइ एपले ट्रयाक गर्नेछ। ट्राफिक प्रहरीले पनि जीपीएस वा इम्बोस्डको चिपका आधारमा सवारी कस्तो जोनमा छ भनेर भेरिफाइ गर्न सक्छन्।
विस्तारै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने योजनामा विभाग छ भने आगामी वर्ष जीपीएस सिस्टम पनि जडान गर्ने योजना पनि छ। ुहामीले ट्राफिक खटाएर चिट काटिरहनै पर्दैन। सिधै सवारीधनी वा चालकलाई चिट काटिएको एसएमएस जान्छ ।