Wednesday, July 9Nepal News Portal
Shadow

सिन्धु विकास बैंकको २६औं शाखा लामोसाँघुमा


काठमाडौं । सिन्धु विकास बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित लामोसाँघुमा २६ औं शाखा कार्यालय स्थापना गरेको छ । शुक्रबार उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका हुन् ।

उक्त शाखाद्वारा बलेफी गाउँपालिकाका लामोसाँघु, टोप्का, डया्मसाईड, त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर, सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटार लगायत ठाउँका हजारौं नागरिकलाई सेवा पु¥याउने बताइएको छ । उक्त शाखाबाट शुक्रबारदेखिनै बैकिङ कारोबार शुरु गरिएको छ ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पूर्व प्रमुख कार्यकारी अधिकृत संजीव प्रधान, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिना लगायतले उपस्थिति जनाएका थिए ।

हाल देशभर २४ शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालमार्फत सेवा दिँदै आएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्