काठमाडौं । पछिल्लो समय बजारमा सागको मूल्य बढ्दै गएको छ । अहिले सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँभन्दा माथि पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियोे तरकारी (साग) को मूल्य बढेको हो ।
तथ्यांक अनुसार गत साउन महिनामा भन्दा भदौ महिनामा अधिकांश हरियो तरकारी तथा फलफूलको मूल्य ३० प्रतिशतसम्म वृद्धि भएको हो ।
समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियो सागसँगै गाँजर, बोडी, सिमी, हरियो प्याज, हरियो खुर्सानी लगायतका तरकारीको मूल्यमा बृद्धि भएको छ ।