आजको पञ्चाङ्ग
आज वि.सं. २०७८ भदौ ३१ गते बिहीबार, इस्वीसंवत सेप्टेम्वर १६ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको छ । वर्षा ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको दशमी तिथि रहनेछ । आज नक्षत्रमा पूनवर्सु, विष्कुम्भादि योगमा शोभन, करणमा वणिज र आनन्दादि योगमा धाता रहनेछ ।
सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि ४० पला अर्थात १२ घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४९ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागी थालिएका कामहरू स्वतः स्फूर्त तथा सिस्टममा जाने हुनाले मन प्रसन्न हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनको नतिजा राम्रो आउनेछ। काममा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। द्वितीय प्रहरदेखि नयाँ काम प्रारम्भ होला। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । प्रहरदेखि स्थिति अनुकूल बन्नेछ र विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ । रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अरूको करकापमा काम गर्दा हानि हुन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा हुनेछ। छोटो समयमै प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। प्रयत्न गर्दा नाम, दाम र इनाम प्राप्त हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विचारले प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन् । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।