Monday, May 20Nepal News Portal
Shadow

थप ११ संस्थाले पाए ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ संस्थालाई ब्रोकल लाइसेन्स दिने निर्णय गरेको छ । बोर्डले सोमबार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम ब्रोकर लाइसेन्स दिएको हो ।

यसअघि ७ वटालाई ब्रोकरको काम गर्न लाइसेन्स दिएको थियो । पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदनलाई अनुमति दिएको बताइएको छ ।

यी संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

एलिट स्टक हाउस लि, इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि, शुभकामना सेक्यूरिटिज प्रा. लि, मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि., मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., माछापुच्छ्रे सेक्युरिटिज लि., के.वि.एल. सेक्यूरिटिज लि., कलश स्टक मार्केट प्रा.लि र नबिल सेक्युरिटिज लि. ले अनुमति पाएको बोर्डले जनाएको छ ।

ब्रोकरको काम गर्न बोर्डमा ४३ वटा कम्पनीले निवेदन दिएका छन् । यी ११ वटासँग बोर्डले हालसम्म २० वटालाई लाइसेन्स दिएको छ । पहिलो चरणमा लाइसेन्स दिएका ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सदस्यताका लागि आवेदन दिइसकेका छन् ।

Total Page Visits: 115 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्