Friday, May 3Nepal News Portal
Shadow

सिटिईभिटिले नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) ले निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । सिटिईभिटिले तालिम विकास महाशाखाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट अनुसार निःशुल्क सञ्चालन गरिने प्रि–डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको हो ।

शैक्षिक सत्र २०७८/०७९ मा भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आंगिक, साझेदार तथा टि.इ.सि.एस सामुदायीक विद्यालयहरुमा प्रशिक्षार्थी छनोट गरि भर्ना गर्नपर्ने छ ।

औद्योगिक प्रशिक्षार्थी तालिम लिन इच्छुकले सम्बन्धित संस्थाहरुमा भदौ ३१ गतेदेखि असोज २० गतेभित्र फाराम बुझाउनुपर्ने छ । फाराम बुझाएको सम्बन्धित शिक्षण संस्थाहरुमा कार्तिक ७ गते बिहान ८ बजे अन्तर्वार्ता हुने सिटिईभिटिले जनाएको छ । आवेदन फारामका साथ पासवर्ट साइजको ३ प्रति रंगिन फोटो, एसएलसी÷एसईई वा सो सरहको परीक्षा उतिर्ण गर्नेको हकमा तोकिएका निकायद्वारा निर्धारण गरिएको प्रमाणित प्रतिलिपि र नागरीकता प्रमाणपत्र अथवा जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समाबेश गर्नुपर्ने छ ।

सम्पूर्ण जानकारी लागि तलको सूचना पढ्नुहोला

 

No description available.

Total Page Visits: 1686 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्