Monday, May 20Nepal News Portal
Shadow

प्रधानमन्त्री देउवाद्वारा मोदीलाई जन्मदिनको शुभकामना


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।

शुक्रबार (आज) देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका हुन् ।

मोदीले आज ७१औं जन्मदिन मनाउँदै छन्। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।

बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

Total Page Visits: 834 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्