Monday, May 20Nepal News Portal
Shadow

तीन दिनभित्र स्पष्टिकरण दिन निफ्रालाई निर्देशन


काठमाडौं, (ससं) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न सञ्चार माध्यममा आएका समाचारको विषयमा नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)लाई तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । नेप्सेले निफ्राको ३० मिलियन डलरको वण्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार बाहिरिएको भन्दै यो विषयमा स्पष्टिकरण सोध्ने मंगलबार निर्णय गरेको हो ।

नेप्सेले धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना सम्बन्धित निकायमा जानकारी नगराई यस्तो प्रचार किन गरियो त्यस सम्बन्धमा स्पष्ट पार्न पनि निर्देशन दिइएको छ ।

विभिन्न सञ्चार माध्यममा निफ्राको हालको नाफाबाट १० प्रतिशत वोनस दिन सक्छ भन्ने कुरा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले भनेका थिए । उनले यो जनाकारी नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको संवाद कार्यक्रममा बोलेका थिए ।

नेप्सेको निर्देशन यस्तो छ

No description available.

Total Page Visits: 704 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्