Friday, May 3Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १,७९० जनामा कोरोना संक्रमण पुष्टि, २,७९१ निको


काठमाडौं, ९ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा (मंगलबार) थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् भने देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

Total Page Visits: 682 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्