Thursday, May 2Nepal News Portal
Shadow

के महिनावारी हुनु पाप हो ?


यो संसारमा जति महिलाहरु छन् उनीहरु सबैलाई महिनावारी त हुन्छ । तर यो संसारका मानिसहरुले किन महिनावारीलाई श्राप जस्तो ठान्छन् । के महिनावारी भएकै कारणले एक नारी घृणाको सिकार हुनुपर्ने हो ? महिनावारी हुनु प्राकुतिक होइन रु पहिले त पहिले भैहाल्यो तर अहिलेका कतिपय महिलाहरुले पनि महिलालाई नै थिचोमिचो गरिरहेका हुन्छन् । उनीहरुमागि हक जमाइरहेका हुन्छन् ।

यस्तो बेलामा म जस्ता धेरै दिदि, माइजु, भाउजु, बहिनी जति पनि छन् उनीहरुको मनमा हरेक प्रश्न खेलिरहन्छन् । अनि अरुको मनमा आउँछन् कि आउँदैन त्यो त मलाई थाहाँ भएन तर मेरो मनमा सँधै आउन प्रश्न । मैले कसैसँग भन्न नसकेको कुरा आज लेख्न गैरहेको छु । के महिनावारी हुनु पाप हो ? महिनावारी हँुदा साच्चै पानी नचल्ने हो पानि छुनै नहुने हो ? हो भने किन यस्तो गर्नु हुँदैन ?

समाजमा यस्तो चलन छकी महिलाहरु जब पहिलो महिनावारी हुन्छन् उनीहरुलाई अरुको घरमा पठाउने, छाउगोठमा राख्ने,दाजु भाईको अनुहार हेर्न नदिने, महिनावारी भएको महिलाले भएको छोएको खानेकुरा नखाने जस्ता प्रवृतिहरु अझै नभका हैनन् । अझ भनौँ पढेलेखेकाहरु नै यस्तो गरिरहेका छन् । तर म भन्छु यस्तो गर्नु गलत हो । भगवानल ेनै बनाएको चलन हो । अनि त्यस्तो गरिने किन । जब एउटी महिला महिनावारी हुन्छे तब उसको घर परिवारले अथवा समाजले भन्छ कि यस्तो बेलामा कपाल कोर्नु हुँदैन, ऐना हेर्नु हुन्न रे वा हाम्रो समाज ।

महिनावारीको पिडा महीलालाई मात्र थाहाँ हुन्छ । तर त्यहीँ पिडा एक महीलाको अर्को महीलाको बुज्दिनन् । किनकी उनी संस्कृतिको नाममा पहिले आमाको पालादेखि नै उनको मन मस्तिष्कमा भरिएको हुन्छ की महिनावारी भनेको के हो भनेर । उनले किताबहरुमा धेरै कुराहरु पढ्छिन् । परिक्षामा राम्रो अंक ल्याएर पास पनि हुन्छिन् । तर, त्यही कुरा व्यवहारमा गरे कति राम्रो हुन्थो होला । एक जनाले परिवर्तन गर्दे भोली उसको पुस्ताले परिवर्तन गर्दै लान्थ्यो होला । जसरी परिक्षामा पास भैइन्छ त्यसरी नै व्यावहारिक गुणमा पनि अब्बल हुन जरुरी छ । सर्वप्रथम महिलाको कु्रा महिलाले नै बुज्न जरुरी छ । अनि मात्र घर परिवर्तन हुन्छ ।

महिनावारी हुदा धेरै गाह्रो हुन्छ र त्यति बेला हामीलाइ कसैको साथ हुँदैन । अनि महिनावारी भएको महिलाले सोच्न थाल्छे की मलाई यस्तो बेलामा पनि किन यस्तो गरेको होला ।

कसैले पनि महिनावारीलाई श्राप नठानौं । महिला महिनावारी हुदा सम्झाउनुको सट्टा झन् महिनावारी त श्राप हो भनिदिन्छन् किन ? महिनावारी हुँदा कसैलाई धेरै खाना मन पर्छ त कसैलाई खाना देख्ने वित्तिकै वाक वाक लाग्छ । तर छिन छिनमै भोक लाग्छ । यो सब हुँदा अशिक्षित मान्छेहरु भन्छन् यो त बिहे नै नगरी बच्चा पाउने भैछे भनेर । के वाक वाक आउँदा , धेरै खाना मन लाग्दा बच्चा पाउने नि हुन्छ र ? यो मान्छेको सोच कसरी परीवर्तन गर्ने ।

महिनावरी हुँदा कसैसँग पनि बोल्न मन नलाग्ने , दिकदार लाग्ने , रिस उठने आदी हुन्छ । महिनावारी हुदा यस्तै हुन्छ भनेर सम्भmाउनुको साटो झन महिनावारी हुँदा टेन्सन दिनु भनेको गल्ति हो । महिनावारी भएको बेला त बच्चाहरुलाई सम्भाmउने, महिनावारीको शिक्षा दिने, गर्नुपर्छ । महिनावारी भएको वेला उनीहरुर्लौ आफ्नो खुशीमा छोडिदिनुपर्छ । मेरो साथीको नाम सङ्गिता हो । उ महिनावारी हुदा घर भित्र पस्न नदिने, तिर्खा लाग्दा पानी नदिने, गोठमा सुत्न लगाउने गर्छन् । तर यस्तो गर्नु गलत हो । यस्तै भयो भने त देश त के हाम्रो घर पनि विकास हुन गाह्रो छ ।

म पहिले चोटि महिनावारी हुँदा १३ वर्षकी थिए । तर मलाई कसैले पनि बुझाउँनु भएन यो कुराहरु त्यसै यहाँ जे जति लेखे आफूले भोगेको कुराहरु लेखे । मालाई त्यो बेला घर परिवारले बुभाmइदिनु भउको भए मैले यो सबै भोग्नुपर्ने थिएन होला । मलाई पनि रिस उठ्छ , दिक्दार लाग्छ, कोहिसँग पनि खुलेर कुरा गर्न मन लाग्दैन । विधालयमा पढाउदा शिक्षकहरुले त खुलेर पढाउनु हुन्छ । तर कुनै कुनै केटा साथीहरु हास्छन् तर यसमा हास्नु पर्ने कुरा के छर । घरमा गएर उनीहरुको आमा, दिदि बहिनीहरुलाई सिकाए भैहाल्यो नि ।

पश्चिमी क्षेत्रमा त पहिलो चोटी महिनावारी भएपछि जङ्गलमा एउटा सानो छाप्रो बनाइदिने, ७ दिन सम्म त्यही राखिदिने तर यसले गर्दा कतिको ज्यान गएको छ खर्पको टोकाइबाट, अनि पूरुषहरुको हिंसा बनिरहेका छन् कतिपय महिलाहरु । यहाँ त धर्मको नाममा के के भैरहेको छ कसले देख्यो यो सबै ? हुँन त म महिनावारी हुँन थालेको एक वर्ष मात्र भयो । तर यो एक वर्षमा मैले धेरै कुराहरुको अनुभूति गरे, घर परिवारको हेर्न दृश्य थाहाँ पाए । अनि मेरो दिमागमा सँधै आउने प्रश्न, मलाई सधै सताउँने प्रश्न, खाना खान मन नलाग्ने प्रश्न, सुत्न मन नलाग्ने प्रश्न के महिनावारी हुनु पाप होर ? महिनावारी भएको वेला मन परेको कुरा खान नपाउँने होर ? मन्दिमा जाँदा पाप लाग्ने होर ? भान्सामा जाँदा पाप लाग्ने होर ? परिवारसँगै बसेर खाना खान नपाउँने होर ? आफ्नो आमाको काखमा गएर ममि पेट दुख्यो भनेर मनखोलेर रुन नपाउँने होर ? अनि मैले छोएको अरु कसैले खान नहुँने होर ? यस्ता प्रश्नले मलाई सधै सताइरहन्छ । मलाई मात्र हैन म जस्ता धेरै साथीहरुलाई सताएको छ । त्यसैले मत भन्छु महिनावारी पाप हैन वरदान हो । समाज परिवर्तन गर्न सर्वप्रथम आफ्नै घरबाट परिवर्तन गर्न जरुरी छ ।

नामः सुनिता बुढाथोकी

कक्षाः सात
विद्यालयः गुहेश्वरी माध्यमिक विद्यालय सिनामंगल

Total Page Visits: 1275 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्