काठमाडौं ।आज नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।
चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।