Thursday, February 22Nepal News Portal
Shadow

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई गर्यो पक्राउ


काठमाडौं ।प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ४ सितापाईला डेरा गरी बस्ने भक्तपुर घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो ।

Total Page Visits: 200 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्