Saturday, June 14Nepal News Portal
Shadow

शेयर बजारमा लगानीकर्ताको उत्साह उत्तिकै


काठमाडौं, १७ मंसिर (ससं) । लगातार उकालो लागेको शेयर बजारमा आज पनि लगानीकर्ताको उत्साह उत्तिकै देखिएको छ । आज कारोबार रकममा कमी आएको भएपनि नेपाल स्टक एक्सचेञ्ज परिसूच भने सर्वाधिक अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ७०.६२ अंकले वृद्धि भएको नेप्से परिसूचक २०७१.०२ विन्दुमा पुगेर बन्द भएको छ । हिजोको तुलनामा नेप्से परिसूचक ३.५३ प्रतिशतले वृद्धि भएको हो ।
२०१ कम्पनीको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर ७ अर्ब ३७ करोड ४० लाख रुपैयाँभन्दा बढीमा खरिद विक्री भएको छ । आज ९ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा छिमेकी लघुवित्त विकास बैंक लिमिटेड लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लघुवित्त विकास बैंक लिमिटेड, जनउत्थान समुदायिक लघुवित्त विकास बैंक लिमिटेड, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेड रहेका छन् ।
त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४० करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १ हजार २९२ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको परिसूचक ०.७१ प्रतिशतले कमी आएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ७.९५ प्रतिशतले वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्