Saturday, May 18Nepal News Portal
Shadow

आज दिउँसो देखी नेपाल टेलिकमको नेटवर्कमा समस्या


काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखा परेको छ। बुधबार दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।

अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ।

नेपाल टेलिकमको नेटवर्कमा समय(समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो।

कम्पनीका प्रवक्ता शोभन अधिकारीसँग यसबारे कुरा गर्दा नेटवर्क ट्राफिक कन्जेन्सनका कारण समस्या आएको हुन सक्ने बताउँछन‍्। यो भनेको एकै पटक धेरै प्रयोगकर्ताले नेटवर्क प्रयोग गर्दा आइपर्न सक्ने समस्या हो। यसको ठोस कारण भने सार्वजनिक भएको छैन।

Total Page Visits: 193 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्