Saturday, May 18Nepal News Portal
Shadow

होटल तथा पर्यटन व्यवसायी संघको नयाँ नेतृत्व चयन बुधबार हुने


काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ। बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो। संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहे पनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्।

संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन्।

यद्यपि, वर्तमान कार्य समितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, द्वय उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन्।

प्रारम्भिक रूपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन्।

संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनु भएको छ। उप्रेतीले भने तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ ।

वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमै चयन गर्ने गरी सहमति जुटाउने प्रयास भइरहेको छ।

तीन वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छन्। २० जना प्रत्यक्ष चयन भएर बाँकी तीन जना सदस्य भने निर्वाचित कार्य समितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ।

संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर विदा हुँदैछन् उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको उपाध्यक्षमा चयन भइसकेका छन्।

कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरूलाई व्यवसायिक सहजिकरणका लागि राज्यसँग सहुलीयतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यवसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए।

Total Page Visits: 249 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्