Saturday, May 18Nepal News Portal
Shadow

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धव भट्टराई


काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्य समिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा भट्टराई २ वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर रहेका छन् ।

त्यस्तै, कार्यकारी सदस्यहरुमा क्रमशः विनेश खनाल, अरिश्मा मोत्तान, अमिर लामा, प्रविन राउत, र सुरेन्द्र बजागाई रहेका छन् भने मदन श्रेष्ठ, रुद्र खड्का, मधुजङ्ग पाण्डे, रामजी बगाले, घनश्याम आचार्य सल्लाहकारको रुपमा रहेका छन् ।

Total Page Visits: 658 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्