Saturday, May 18Nepal News Portal
Shadow

‘राजनीति अस्थिरताका कारण पर्यटन व्यावसाय खुम्चियो’


काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको ठूलो भूमिका रहेको छ । विश्वव्यापी रूपमा फौलिएको कोभिडका कारण नेपालको पर्यटन व्यवसाय सुस्त छ । त्यसमा पनि विश्वभरी नै अर्थतन्त्रमा आएको संकुचनका कारण अहिले नेपालमा मात्र नभएर अन्य देशमा पनि पर्यटन व्यवसायले लय लिन सकेको छैन ।
विदेशी पर्यटक नआउँदा अधिकांश पर्यटन स्थलहरू सुनसान बन्न पुगेको पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल बताउँछन् । लकडाउन खुलेपछि र कोरोनाको लहर सेलाउन थालेपछि केही हदसम्म व्यवसायले पुरानै लय लिन थालेको छ ।

तर, कोभिडपछि मौलाउनु पर्ने पर्यटन व्यावसायमा खासै सुधार भने नआएको पौडेल बताउँछन् । उनी पर्यटन व्यवसायमा करिब ३२ वर्षदेखि आवद्ध छन् । उनको पर्यटन व्यवसायको यात्रा नेपालको पहिलो निजी विमान कम्पनी स्थापना भएसँग सुरु भएको हो । उनीले विभिन्न ट्राभल एजेन्सी तथा टेकिङ एजेन्सी लगाएतका पर्यटन सम्बन्धि संघसंस्थाहरूमा आवद्ध भएर काम गरे । तर, अहिले जस्तो असहज अवस्था कुनै पनि समय नभएको उनी बताउँछन् ।

जति विदेशी पर्यटकहरू नेपालमा आउँछन् उनीहरू विभिन्न होटल लक्जरियस वा तारे होटलहरूमा बस्छन् र खान्छन् । रमाइलो गर्छन् । त्यसो गरेतापनि त्यो बाहेक पनि विभिन्न गाउँहरूमा विभिन्न आकर्षक क्रियाकलापहरु गर्न रुचाउँछन । नेपाली कृषकहरूको अथवा गाउँमा छरिएर रहेका गाउँलेहरुको एउटा पहिचान र उनीहरुको क्रियाकलाप प्रत्यक्ष रूपमा देख्ने भएकाले पनि नेपाललाई मनपराउन भन्ने हाम्रो संस्थाको उद्देश्य हो ।

पुराना दिन सम्झिदै उनी भन्छन्, ‘हामीले २०५५/५६ सालमा कम्पनी दर्ता गयौं । यो संस्था दर्ता गर्दाको अवस्थामा स्वर्गीय पूर्व राजा दिपेन्द्र वीर बिक्रम शाह संस्थाको प्रमुख संरक्षक थिए । नरेन्द्र शमशेर जबरा अध्यक्ष र उद्धव समशेर संस्थाको उपाध्यक्ष र महासचिव थिए ।’

उनीहरुले उक्त संस्था नेपाली कृषकहरूको अथवा गाउँमा छरिएर रहेका गाउँलेहरुको एउटा पहिचान र उनिहरूको क्रियाकलाप प्रत्यक्ष रूपमा देख्ने भएकाले पनि पर्यटकहरूले नेपाललाई मनपराउन् भन्ने उद्देश्यका साथ सञ्चालनमा आएको पौडेलको भनाइ छ । उनी भन्छन्, ‘यस संस्थाको मुख्य उद्देश्य के हो भने नेपाल गाउँ नै गाउँले भरिएको देश हो । जति विदेशी पर्यटकहरू नेपालमा आउँछन् उनीहरू विभिन्न होटल लक्जरियस वा तारे होटलहरूमा बस्छन् र खान्छन् । रमाइलो गर्छन् । त्यसो गरेतापनि त्यो बाहेक पनि विभिन्न गाउँहरूमा विभिन्न आकर्षक क्रियाकलापहरु गर्न रुचाउँछन । नेपाली कृषकहरूको अथवा गाउँमा छरिएर रहेका गाउँलेहरुको एउटा पहिचान र उनीहरुको क्रियाकलाप प्रत्यक्ष रूपमा देख्ने भएकाले पनि नेपाललाई मनपराउन भन्ने हाम्रो संस्थाको उद्देश्य हो । यस्तै उद्देश्यका साथ हामीले हाम्रो संस्थालाई अगाडि बडाइरहेका थियौं । त्यसै बिचमा लकडाउन भयो ।’

‘कोरोनाको टाइममा पर्यटन व्यावसाय ठप्प भए पनि अहिले लयमा फर्कने क्रममा छ । हामी त्यही कुरा मध्यनजर गरेर निरन्तर लागि परेका छौँ । अहिलेको राजनीति अवस्था लथालिङ्ग भएका कारण पर्यटकहरू आउन हिच्किचाउने गरेका छन् । अहिलेकै राजनीतिका कारण सात दिनको लागि आएको पर्यटक पाँच दिन पनि नबित्दै स्वदेश फर्कन खोज्ने गर्छ । यो बिडम्बना हो ।

४ वर्ष पहिले लकडाउन भयो । त्यसपछि पर्यटन व्यावसाय पनि सुस्ताउन थाल्यो । अहिले कोभिडको अन्त्य हुदै आएको र अब पर्यटकका आकर्षण बढाउन सरकारी पक्षले भूमिका खेल्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको टाइममा पर्यटन व्यावसाय ठप्प भए पनि अहिले लयमा फर्कने क्रममा छ । हामी त्यही कुरा मध्यनजर गरेर निरन्तर लागि परेका छौँ । अहिलेको राजनीति अवस्था लथालिङ्ग भएका कारण पर्यटकहरू आउन हिच्किचाउने गरेका छन् । अहिलेकै राजनीतिका कारण सात दिनको लागि आएको पर्यटक पाँच दिन पनि नबित्दै स्वदेश फर्कन खोज्ने गर्छ । यो बिडम्बना हो ।’

पौडेलका अनुसार नेपालमा पर्यटनलाई खुल्ला तरिकाले रमाउने किसिमको नीति सरकारले नल्याएकै कारण पर्यटनहरू भित्रिनमा कमी आएको छ । पर्यटन व्यवसायमा जति पनि असर छ त्यो सबै राजनीति अस्थिरताका कारण नै भएको उनी दावी गर्छन् ।

अहिले दिगो राजनीति नभएको कारण पर्यटन क्षेत्रको विकासमा कमी आएको उनले बताए । नेपालमा कहिले बन्द र कहिले हड्तालको कारण पर्यटकहरूले असहज महसुस गरेको उनको भनाइ छ ।

Total Page Visits: 365 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्