Sunday, May 5Nepal News Portal
Shadow

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्ः अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छ


काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन् ।

शुक्रबार (आज) काठमाडौंमा भएको २४औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

“वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनुरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरीसुधार र विकास निर्माणलाई गुणात्मक बनाउन मेहनत आवश्यक छ,” उनले भने ।

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सहमत रहेको बताए ।

“सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउँछ, तत्काल निराश हुनुपर्ने स्थितिमा छैन,” उनले भने ।

Total Page Visits: 251 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्