Thursday, November 27Nepal News Portal
Shadow

उद्योगमन्त्री भण्डारी भन्छन्ः उद्योगमैत्री १० कानुन ल्याउने प्रक्रिया अघि बढिसक्यो


उद्योगमन्त्री भण्डारी
काठमाडौँ, २६ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सोमबार काठमाडौँको लाजिम्पाटमा नेपाल हब्स तथा हर्बल उत्पादक सङ्घको १८ औँ ेवार्षिक साधारणसभा उद्घाटन कार्यक्रमम मन्तव्य राख्दै। तस्बिरः हरिराम भेटुवाल÷ रासस

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बारे जानकारी दिएका छन्। नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको सम्म्उद्घाटन गर्दै मन्त्री भण्डारीले लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन्।

सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ। मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको उनले बताए ।

“सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीज उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ,” भण्डारीले भने।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्