Friday, September 19Nepal News Portal
Shadow

काठमाडौंका ८ स्थानमा छठ पर्व मनाइँदै


काठमाडौ‌ं। काठमाडौ‌ंका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।

काठमाडौ‌ं महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए । महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्