Friday, May 3Nepal News Portal
Shadow

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा ६५० रुपैयाँको चार्जले पूर्व–पश्चिमको यात्रा सम्पन्न


काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा)देखि महेन्द्रनगर (नेपाल–भारत सीमा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

२ वटा ब्याट्री र २ वटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यो यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनी जानकारी दिएको छ ।

धिरेनले ६ रात ७ दिनको साहसिक यात्रा काँकडभिट्टाबाट सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै गरेको कम्पनीले जनाएको छ । किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरूमा वातावरणमैत्री यातायात साधनका विकल्पहरूको प्रबर्द्धन गरेको र इन्धनको माग घटाउन प्रोत्साहन दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिघण्टा ६० किलोमिटर उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू दाबी गर्ने सेगवे ई१०० इलेक्ट्रिक स्कुटर डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्लेसहित नेपाली बजारमा उपलब्ध छ । आई हब प्राइभेट लिमिटेड नेपालमा सेगवेको आधिकारिक वितरक हो ।

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्