Friday, May 10Nepal News Portal
Shadow

सन् २०२३ को अन्तिमसम्म नेटाको नयाँ मोडल सार्वजनिक हुने


काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ। कम्पनीले सन् २०२३ को अन्तिमसम्ममा नेटा यू प्रो सार्वजनिक गर्ने जानकारी दिएको हो।

नेटा यू प्रो चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी होजन अटोको उत्पादन हो। यसभन्दा अघि सिजी मोटर्सले उक्त कम्पनीको उत्पादन नेटा भीु नेपालमा सार्वजनिक गरिसकेको छ। यस विद्युतीय गाडीले बजारमा हालसम्म राम्रो प्रतिक्रिया पाइरहेको छ।

सार्वजनिक हुने तयारीमा रहेको नयाँ नेटा यू प्रोले एक पटकको पूरा चार्जले ६१० किलोमिटर रेन्ज दिने बताइएको छ। गाडी जम्मा ३० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ।

नेटा यू प्रोमा ८१.५७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसमा भएको सिंगल इलेक्ट्रिक मोटरले ३२१ हर्सपावर जेनेरेट गर्छ। जम्मा ७ सेकेन्डमा गाडीलाई शून्यदेखि १०० किलोमिटरसम्मको रफ्तारमा गुडाउन सकिन्छ।

नेटा यू प्रोको लम्बाई ४,५४९ एमएम, चौढाई १,८६० एमएम र उचाई १,६२९ एमएम छ। गाडीको कुल तौल भने १,७५० केजी रहेको छ। गाडीमा १९ इन्चको टायर दिइएको छ।

गाडीमा एआई भोइस कन्ट्रोल (बोलेर कन्ट्रोल गर्न मिल्ने) फिचर समावेश गरिएको छ। त्यस्तै यसमा एल–२ प्लस इन्टेलिजेन्ट ड्राइभिङ विशेषता दिइएको छ। जसले गर्दा गाडीलाई सुरक्षित तरिकाले चलाउन मद्दत पुर्‍याउँछ।

यो ४०० भर्सन, ४०० प्रो भर्सन, ५०० भर्सन, ५०० प्रो भर्सन, ६१० भर्सन र ६१० प्रो भर्सनमा उपलब्ध हुने कम्पनीको वेबसाइटमा उल्लेख छ। यद्यपि कम्पनीले यसको बजार मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन।

Total Page Visits: 140 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्