Thursday, May 9Nepal News Portal
Shadow

व्यापारी खुसी पार्ने मौद्रिक नीति ल्याउने राष्ट्र बैंकका गभर्नरको संकेत


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारी रहेको बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, ‘बजेट निर्माणका क्रममा म आफै सहभागी थिए । त्यसबारे खुलेर टिप्पणी गर्न सकिँदैन । तर पनि एक्कासि बजेटको आकार घटाउन सकिँदैन थियो । बाध्यता यहाँहरूले बुझ्नु पर्‍यो ।’

आगामी साउन १५ गतेभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरिसक्ने उनले जानकारी दिए । सो मौद्रिक नीति पुरै आर्थिक वर्षभरिका लागि काम गर्ने खालको आउने उनको भनाई छ ।

मौद्रिक नीति मार्फत लगानीका क्षेत्र र दायराहरूलाई विस्तार गर्ने समेत उनले बताए । चालू आर्थिक वर्षमा जे जति लगानी हुने पर्ने थियो सो अनुपातमा हुन नसकेको उनले स्वीकार गरेका छन् ।

Total Page Visits: 111 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्