Friday, May 10Nepal News Portal
Shadow

१६.४२ बढ्यो नेप्से, कारोबार रकम ५ महिना यताकै उच्च


काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ। परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको छ।
बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको हो। आज नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ पुगेको छ।

यो रकम गत ५ महिना यताकै उच्च हो। यसअघि गत २०७९ पुस २८ गते ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि बुधबारको बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो।

यस दिन २७५ वटा धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको हो।

बुधबार खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४५ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, सिटी होटलको सेयर मूल्य ९।९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १५ हजार ८२० रुपैयाँमा झरेको छ।

यस्तै, मोलुङ हाइड्रोपावरको सेयर मूल्य ५.०४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३५ रुपैयाँ ५० पैसामा सीमित भएको छ।

बुधबार पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५२५ रुपैयाँमा २८ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६५ प्रतिशत बढेको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।

Total Page Visits: 131 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्