Saturday, May 18Nepal News Portal
Shadow

५२ अंकले बढ्यो नेप्से


काठमाडौं। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेको छ। यस दिन नेप्से २.५६ प्रतिशतले बढेर २०९४.३३ बिन्दुमा पुगेको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ पुगेको छ।

यस दिन २८० वटा धितोपत्रको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस दिन नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेञ्चर्स, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावर सेयरमूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, सिटी होटलको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १९६ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा शुभम् पावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७२७ रुपैयाँमा झरेको छ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५८५ रुपैयाँमा ३६ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६९ रुपैयाँमा १६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन जीवन समूहको परिसूचक सर्वाधिक ६.३८ प्रतिशतले बढेको छ।

यसैगरी होटल्स तथा पर्यटन समूहको परिसूचक ६.१५ प्रतिशत र अन्य समूहको परिसूचक ६ प्रतिशतले बढेको छ।

Total Page Visits: 136 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्