Saturday, May 18Nepal News Portal
Shadow

टाटा मोटर्सले ल्यायो विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूका लागि सहज गाडी फाइनान्सिङको सुविधा


काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना इभी अर्थात् विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूका लागि छिटो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ।

जुन नेपालभरी फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने भनिएको छ।

विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिनभित्रै हुने कम्पनीले जानकारी दिएको छ।

टाटा मोटर्सका इभी गाडीहरूको छिटो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि देशैभरी फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक तथा प्रभु बैंकबाट उपलब्ध हुनेछन्।

हाल टाटा मोटर्सका विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै आएका छन्। कम्पनीले आफ्नो उत्पादनहरूका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आइरहेको जानकारी गराएको छ।

नेपालमा २० स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टर विस्तार भइसकेको र आउने दिनहरूको लागि पनि अझ मद्दत पुग्ने गरी यो वर्ष चार्जिङ स्टेशनदेखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भू–भागमा फैलाउने योजना कम्पनीको छ।

Total Page Visits: 114 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्