Tuesday, May 14Nepal News Portal
Shadow

निर्यात अनुदान पाउन साउन १ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं । उद्योग विभागले निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन आवेदन खुल्ला गरेको छ । विभागले साउन १ गतेदेखि असोज मसान्तसम्म निर्यातमा दिँदै आएको अनुदानका लागि आवेदन खुल्ला गरेको हो ।

नेपालमा उत्पादित वस्तुहरू क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, अलैची, दुग्धजन्य पदार्थहरू, फलफूल, ताजा तरकारी, पुष्प, जडीबुटी, हस्तकलाका सामग्री, अदुवा जस्ता नेपालमा उत्पादित र प्रशोधित सामाग्री निर्यात गरेमा अनुदान पाउने व्यवस्था छ ।

यस्ता वस्तु निर्यातको अनुदान प्राप्त गर्न आवेदनका लागि कार्यविधिको अनुसूची –३ बमोजिमको ढाँचामा स्वः घोषणा विवरण पेस गर्नुपर्ने छ । उद्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपी, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तु उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको खपत विवरण, कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण, भन्सार प्रज्ञापन पत्रको विवरण, ‘इक्जिम कोर्ड’को प्रतिलिपी, गत आर्थिक वर्षको ‘अडिट रिपोर्ट’ तथा कर चुक्क्ता प्रमाण पत्र र अख्तियारी पत्र पनि साथमा राख्नुपर्ने विभागले जानकारी दिएको छ ।

Total Page Visits: 147 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्