Tuesday, May 14Nepal News Portal
Shadow

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित भएका छन् । भदौ ३० र ३१ गते सम्पन्न भएको संघको २६औं साधारणसभा तथा १०औं अधिवेशनबाट मल्ली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ, उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास, महासचिवमा कृष्णभक्त श्रेष्ठ, सचिवमा आशिष जाजोदिया र कोषाध्यक्षमा धर्मराज बर्तौला निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, अच्यूत नेपाल, सुनिल सिन्हा, युवक राजभण्डारी, मनोज बुढाथोकी, सुदीप घिमिरे र राजकुमार सिन्धी निर्वाचित भएका छन् । संघको विशिष्ट सदस्यमा बुद्धिराज डल्लाकोटी चयन भएका छन् ।

Total Page Visits: 912 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्