Monday, May 13Nepal News Portal
Shadow

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ


काठमाडौं । नेकपा (एमाले) का पूर्व सांसद तथा सिभिल ग्रपका अध्यक्ष इच्छाराज तामाङलाई सहकारीको निक्षेप दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
हाउजिङ, बैंक तथा रियलस्टेट लगायत व्यवसायमा संलग्न तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् ।

तामाङ अध्यक्ष रहेको सिभिल सहकारीका निक्षेपकर्ताले आफ्नो निक्षेप दुरुपयोग भएको र फिर्ता नपाएको भनी उजुरी गरेका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तामाङलाई सुनधारा क्षेत्रबाट सोमबार (हिजो) दिउँसो पक्राउ गरेको हो ।

Total Page Visits: 715 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्