Tuesday, May 14Nepal News Portal
Shadow

बैंकको ब्याजका कारण दुई व्यवसायीले मृत्युको बाटो रोज्न बाध्य


काठमाडौं । बैंकको ब्याजका कारण इलाम र विरानगरका दुई व्यवसायीले मृत्यु गरेको बताउँदै उद्योग तथा व्यापारिक क्षेत्रले सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेका छन् ।

उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको बाटो रोज्नुपरेको र अर्का एक व्यवसायी विराटनगर निवासी प्रेम न्यौपानेले पनि आत्महत्याको बाटो रोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्ता घटनाले उद्योगी / व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेको जानकारी दिएका छन् । विज्ञप्तिमा उद्योगी व्यवसायीहरूको उचित गुनासो, पिरमर्का, समस्यालाई गम्भीरतापूर्वक सुनेर समयमै सम्बोधन गरिनुपर्ने आवश्यकता बताएका छन् ।

“देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुस्खद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।

व्यवसाय सञ्चालनका दौरानमा विभिन्न समयमा आउने समस्याको एकल रूपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रूपमा व्याख्या नगरी समाधानका लागि सामूहिक प्रयासका लागि अनुरोध गरिएको छ ।

यसैगरी महासंघका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दरलगायतका कारण देशको आर्थिक अवस्था भयावह स्थितिमा रहेको जानकारी दिएका छन् ।

व्यवसायीहरूले आफ्नो उत्पादन कटौती गर्न बाध्य छन् भने बजारबाट उधारो उठ्न नसक्दा व्यवसायको प्रशासनिक खर्च धान्नसमेत धौधौ परेको भन्दै सरकारको राजस्व, बैंक ब्याजलगायतका कारण कारोबारमा ठूलो समस्या आएको भन्दै इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सन्जालमा पोस्ट गरेका यथार्थ बेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिएको छ, विज्ञप्तिमा भनिएको छ ।

Total Page Visits: 183 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्