Saturday, May 4Nepal News Portal
Shadow

एक वर्षमा घरेलु कार्यालयद्वारा १६२ फर्म खारेज


काठमाडौं। घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षमा १ सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष (आव) २०७८र७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज गरेका हुन् ।

सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताएका छन्। कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् ।

सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५ सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कुल पुँजी ६३ करोड ५२ लाख ५ सय ४२ हजार रूपैयाँ रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता १ अर्ब ७१ करोड ८७ लाख ५० हजार रूपैयाँ रहेको छ ।

Total Page Visits: 195 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्