Friday, June 27Nepal News Portal
Shadow

ब्यानर

उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षीक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताएका हुन् । उनले भने, ‘विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड १९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजन...
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैयाँबराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानुनका साथै आइटी तथा...
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल होः अर्थमन्त्री

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल होः अर्थमन्त्री

ब्यानर, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताएका हुन् । उनले भने, ‘हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो । अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो रुएकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन...
सहकारीमा राष्ट्र बैंकको ‘निर्देशन र मापदण्ड’ लागू नगर्न माग

सहकारीमा राष्ट्र बैंकको ‘निर्देशन र मापदण्ड’ लागू नगर्न माग

ब्यानर
राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुँने आवाज उठेको छ । मंगलबार नेपाल सहकारी पत्रकार समाज ९सीजेएन०ले आयोजना गरेको ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले सहकारीको नियमनको जिम्मा अब प्राधिकरणले लिनुपर्ने बताएका हुन् । प्राधिकरणको गठन भइसकेकाले राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागु गर्न नहुने सरोकारवालाको जिकिर छ । प्राधिकरणले नै छुट्नै सहकारीलाई निर्देशन तथा मापदण्ड बनाएर लागु गर्न सक्ने राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताइन् । “सहकारीको नियमन गर्ने प्राधिकरण स्थापना भएपछि यहीबाट निर्देशन तथा मापदण्ड बनाइनुपर्छ । राष्ट्र बैंकले सहकारी नियमनका लागि निर्देशन तथा मापदण्ड बनाएको वार्षिक नीतिमा परेकाले होला, तर अब प्राधिकरणले यस्ता निर्देशत तथा माप...
विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउनुपर्छः दामोदर भण्डारी

विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउनुपर्छः दामोदर भण्डारी

उद्योग, ब्यानर, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बारा कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।’ साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार ...
नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्ः मन्त्री भण्डारी

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्ः मन्त्री भण्डारी

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् । बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै उनले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् । उनले भने, ‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरु विश्व बजारमा चिनिनुपर्छ । हाम्रो उत्पादन कस्तो छ ? यो पहिलो कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ । हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ । हामीले उत्पादन गरेको वस्तु हामीहरुले नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो ।’ यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको...
कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँः दामोदर भण्डारी

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँः दामोदर भण्डारी

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन् । नेपाल र गणतन्त्र कोरिया बिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरिया द्वारा आयोजित कार्यक्रमको सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुराउनुपर्ने बताउँदै उनले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरेका हुन् । महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई ...
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेनःअध्यक्ष राजेशकुमार

नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेनःअध्यक्ष राजेशकुमार

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं। उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको जनाएका छन् ।उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले भने– ुनेपालमा उद्योग दर्ता, सञ्चालन प्रक्रियाका लागि उद्योग सँग सम्बन्धित नीतिहरू जटिल छन् । वन, खानी लगायत उद्योगमा आवश्यक कच्चापदार्थसँग सम्बन्धित नीतिहरू उद्योगमैत्री छैनन् ।ु उद्योगमैत्री नीति नहुँदा वैदेशिक लगानीसमेत भित्रिन नसकेको उनको भनाइ ‘हालसम्म उद्योग क्षेत्रको योगदान १२।५ प्रतिशत मात्रै छ । माग दैनिक घटिरहेको छ । विदेशबाट आउने विप्रेषण बढेको छ । आन्तरिक उत्पादन घटेको छ,ु उनले भने ’ देशको राजनीतिक अस्थिरता र कमजोर औद्योगिक पूर्वाधार छ । पर्याप्त पुँजी तथा दक्ष जनशक्ति को अभाव छ । कच्चा पदार्थको अभाव आयातित वस्तुसँग स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्...
कफी खेतीमा युवा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अधिकारी

कफी खेतीमा युवा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अधिकारी

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् । २०औं राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको जनाए । सार्वजनिक–निजी साझेदारीका साथै कफी मूल्य शृङ्खलाका सबै चरणमा संलग्न व्यक्ति, किसान, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्यको आवश्यक रहेको उनले बताए ।   मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । मन्त्रालयले कफी क्षेत्रको विकास तथा विस्तारका लागि ...
अलैंचीको मूल्य उच्च विन्दुमा

अलैंचीको मूल्य उच्च विन्दुमा

उद्योग, ब्यानर, समाचार
काठमाडौं । कालो सुनको नामले चिनीने अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैंची प्रतिमन एक लाख एक हजारमा कारोबार भइरहेको छ । ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैंचीखेती गरिंदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ । अलैंचीको मूल्यमा निरन्तर वृद्धिले किसानहरूमा उत्साह थपेको छ ...