Friday, September 19Nepal News Portal
Shadow

खेलकुद

भारतद्वारा अफगानिस्तान सहजै पराजित

भारतद्वारा अफगानिस्तान सहजै पराजित

खेलकुद, प्रमुख समाचार
काठमाडौं । टि -२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे । नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए। भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३(३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन...

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो

खेलकुद, प्रमुख समाचार, समाचार
काठमाडाैं । आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३ः३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ।नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो। लगातारको‌‌ वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो। सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार ९नेपाली समय अनुसार शनिबार बिहान ५स्१५ बजे० र नेपाल र बंगलादेशबीच आइतबार ९नेपाली समय अनुसार सोमबार बिहान ५ं :१५ हुने तालिका छ। आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अ...

टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडाैं  । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित रहेको छ । यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान  बनाइसकेको छ । यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र रहेको छ । नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे । २२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान स्कट एडवड...
अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

खेलकुद, प्रमुख समाचार
काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर- ८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए । ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए । त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र...
टी-२० विश्वकपः भारतले पाकिस्तानलाई हरायो

टी-२० विश्वकपः भारतले पाकिस्तानलाई हरायो

खेलकुद, प्रमुख समाचार
काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए । पाकिस्तानले अन्तिम २४ बलमा ३५ रन बनाउन नसक्दा पराजित भएको हो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए । त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा ११९ रनमा अल आउट भएको थियो । भारतका ...
टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

खेलकुद, प्रमुख समाचार
काठमाडौँ – आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो। अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे। इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।...
टी- २० विश्वकपःबंगलादेशसँग श्रीलंकाको हार

टी- २० विश्वकपःबंगलादेशसँग श्रीलंकाको हार

खेलकुद, प्रमुख समाचार
काठमाडौं । बंगलादेशले आईसीसी टी(२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । १२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका तीव्र गतिका बलर नुवान थुषाराले ४ ओभरमाच १८ रन खर्चेर ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । वानिन्दु हसरंगाले २, धनन्जय डि सिल्भा र मथिशा पाथिरानाले १–१ विकेट लिए । त्यसअघि डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक...
टी-२० विश्वकप : आयरल्याण्ड क्यानडासँग पराजित

टी-२० विश्वकप : आयरल्याण्ड क्यानडासँग पराजित

खेलकुद, प्रमुख समाचार
काठमाडौं । क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुईदुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एकरएक विकेट लिए । किर्टोन ४९ र मोभ्भा ३७ रन बनाएर आउट भए । पर्गत सिंह १८ र आरोन जोन्सनले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । आयरल्याण्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुईरदुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एकरएक विकेट लिए ।  ...
टी-२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

टी-२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ । क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २-२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ...
भारतको आयरल्यान्डविरुद्ध सहज जित

भारतको आयरल्यान्डविरुद्ध सहज जित

खेलकुद, प्रमुख समाचार
भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गरे । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे । आयरल्यान्डका लागि मार्क एडेयर र बेन व्हाइटले १.१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा समेटिनु अघि ९५ रन बनायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे ।...