Friday, September 19Nepal News Portal
Shadow

प्रमुख समाचार

शेयर बजारमा ३१.३१ अंकको गिरावट

शेयर बजारमा ३१.३१ अंकको गिरावट

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ .३१ अंकले घटेर २,६८० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । आज ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माहुली लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । ...
सुनको मूल्य एक हजारले बढ्यो

सुनको मूल्य एक हजारले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजारले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार यसको मूल्य १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइहेको छ ।...
नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्झौता

नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्झौता

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा गरिएको पहिलो दुई पक्षीय सम्झौता हो । पेरिस सम्झौताको धारा ६.२ मा देशहरूले पेरिस सम्झौताको लक्ष्य प्राप्तिका लागि सरकार सरकारबीच दुई पक्षीय सम्झौता गरेर जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउन सक्ने उल्लेख छ । सोही प्रावधान अन्तर्गत सन् २०२२ मा सहकार्यका लागि स्विडेन सरकारबाट नेपाल सरकारलाई प्रस्ताव आएको थियो । नेपालको मन्त्रिपरिषद् बैठकले गत कात्तिक ...
प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आज शेयर बजारमा ९ .०९ अंकले बढेर २,७११ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ०९ करोड २८ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।   आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस ...
नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्दै

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्दै

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् । यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ ।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।...
उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

प्रमुख समाचार, ब्यानर
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले बताएको छ ।   मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता गरेका छन् ।...
तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८५ अर्ब बचतमा

तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८५ अर्ब बचतमा

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८१८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष यसै महिना शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा थियो । आयात बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च हुनुसहित कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिन्छ । यसले चालु खातासमेत बचतमा छ । यस अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ बचतमा देखिन्छ । अघिल्लो आव सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ८३ करोड ४० लाख बचतमा छ । अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर बचतमा थियो । समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको तुलनामा यी दुवै बढेको अवस्था हो ।...

शेयर बजारमा भारी अंकको गिरावट

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ५१ .११ अंकले घटेर २७०२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।   आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवि...
सुनको मूल्य एक हजारले बढ्यो

सुनको मूल्य एक हजारले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार सुनको मूल्य एक हजारले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार सुनको प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...