Thursday, September 18Nepal News Portal
Shadow

ब्यानर

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

Uncategorized, ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ । सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ । बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए । घटनाबारे ढिला ग...
पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

ऊर्जा, प्रमुख समाचार, ब्यानर
भाद्र १८, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड – १९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिनु भएको थियो । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिल...