Friday, September 19Nepal News Portal
Shadow

ब्यानर

आयात–निर्यात दुवै घट्यो

आयात–निर्यात दुवै घट्यो

प्रमुख समाचार, ब्यानर
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको छ । तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३।९६ प्रतिशतले कम हो । साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।...
३ महिनामा बैंकको नाफा २१.६३ प्रतिशतले बढ्यो

३ महिनामा बैंकको नाफा २१.६३ प्रतिशतले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
  काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा औषतमा २१.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंंकको नाफा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ थियो । असोज मसान्तसम्म धेरै नाफा कमाउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । धेरै नाफा कमाउने दोस्रो बैकमा ग्लोबल आइएमई रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार, प्राइम बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ करोड, एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार, एभरेष...
साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत

साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको मन्त्रालयले बताएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले गत भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोज मसान्तसम्ममा ३ लाख किसान सूचीकरण गर्ने बताएका थिए । तर असोज १० गतदेखि तीन दिनसम्म परेको वर्षाले ल्याएको बाढी, पहिरो र डुबानका कारण मन्त्रालयले लक्ष्य अनुसार काम गर्न नसकेको सोमबार पत्रकार सम्मेलनमा बताएका छन् । महिना दिनमा १ लाख ३५ हजार मात्र किसान सूचीकरण भएको उनको भनाई छ । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसान लाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।...
टी-२० सिरिज : नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

टी-२० सिरिज : नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । काठमाडौं । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।...
सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छः रवि लामिछाने

सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छः रवि लामिछाने

प्रमुख समाचार, ब्यानर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।   आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई ...
सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

खेलकुद, ब्यानर, समाचार
    काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो...
काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरू कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो ...
सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी

प्रमुख समाचार, ब्यानर
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् । त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो । यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्...
गोविन्द केसीलाई स्वास्थ्य मन्त्रीले भने: तपाईंले उठाएका माग पूरा गर्न लागेका छौँ

गोविन्द केसीलाई स्वास्थ्य मन्त्रीले भने: तपाईंले उठाएका माग पूरा गर्न लागेका छौँ

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताए। 'हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,' मन्त्री पौडेलले भने, 'त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन्।' मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ...
जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदानः मन्त्री अधिकारी

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदानः मन्त्री अधिकारी

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
    काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जैविक विविधताले कृषिको दिगोपनामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । बिहीबार इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुने क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको नेपाली टोली सहभागी भएको हो । मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्प...