Friday, May 10Nepal News Portal
Shadow

शिक्षा/स्वास्थ्य

हिउँदे बिदामा पनि पठनपाठन सुरु हुँदा विद्यार्थीको उपस्थिति न्यून

हिउँदे बिदामा पनि पठनपाठन सुरु हुँदा विद्यार्थीको उपस्थिति न्यून

ऊर्जा, निर्माण, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस १६ (ससं) । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन्। लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन्। कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए। बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थिति न्यून रहेको बताइएको छ। कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन्। जिल्लाबाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्रका विद्यालय नियमित स...
कक्षा १२ को परीक्षा पुस १६ देखि पुनः हुने

कक्षा १२ को परीक्षा पुस १६ देखि पुनः हुने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस १२ (ससं)। कक्षा १२ को परीक्षा पुस १६ देखि पुनः हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने जनाएको हो। कोरोना संक्रमणका कारण गत मंसिर ९ गतेदेखि भएको परीक्षा दिन नपाएका परीक्षार्थीले अब १६ गतेबाट परीक्षा दिन पाउने भएका छन्। बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ। बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको थियो। संक्रमणको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले बोर्ड समक्ष निवेदन दिएका थिए। स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गर्दै सम्बन्धित विद्यालयमै सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका प्रकाशन गरिएको हो। पुस १६ गतेबाट सुरू हुुने परीक्षा पुष २३ गते सकिनेछ। कक्षा १२ को वार्षिक परीक्षा गत वैशाखमा नै हुने कार्यतालिका थियो। तर, कोरोना महामारीका कारण मंसि...
नुवाकोटको ग्रामिण भेगको शिक्षाको विकास लागि करिब ९ लाख सहयोग

नुवाकोटको ग्रामिण भेगको शिक्षाको विकास लागि करिब ९ लाख सहयोग

ऊर्जा, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं, ११ पौष । नुवाकोट जिल्लाको उत्तरी भेग तारकेश्वर गाउँपालिका वडा नं २ मा अवस्थित श्रीकृष्ण उच्च माध्यामिक विद्यालयको पठन पाठनलाई थप प्रभावकारी बनाउन अक्षय कोष स्थापना सहित करिब ९ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । स्थानीय समाजसेवी एवं राजनीतिज्ञ रामहरी अधिकारीको संयोजनमा काठमाडौं वडा ४ निवासी ८२ वर्षिय बरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ तुलसी नारायण खमु श्रेष्ठले आमा तुइलमाया छु खमु श्रेष्ठ, बुवा तुलसीदास खमु श्रेष्ठ र श्रीमती मैया साहु खमु श्रेष्ठको नाममा २ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला एवं संचालक समिति चयनका लागि आयोजित एक कार्यक्रमकाबीच इतिहासमै पहिलो पटक स्थापना गरिएको उक्त कोषलाई छिट्टै बृद्धि गरि ५ लाख पुर्याउने जानकारी बरिष्ठ समाजसेवी तुलसी नारायण श्रेष्ठले दिएका छन् । उक्त कोषको रकम टुहुरा, अशक्त, अप...
२४ घण्टामा थप १,६१४ जनामा कोराना संक्रमण पुष्टि, १,४३५ जना निको

२४ घण्टामा थप १,६१४ जनामा कोराना संक्रमण पुष्टि, १,४३५ जना निको

शिक्षा/स्वास्थ्य
काठमाडौं, ११ मंसिर (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख २६ हजार २७ ६४० पुगेको छ।। गत २४ घण्टामा नेपालमा १,४३५ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार हाल नेपालमा २ लाख ९ हजार ४३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।...
राष्ट्रिय आविष्कार केन्द्रलाई सांसद दिव्यमणि राजभण्डारीको १ लाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई सांसद दिव्यमणि राजभण्डारीको १ लाख सहयोग

ऊर्जा, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं, ३० कात्तिक (ससं) । प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल सम्वत ११४१ को अवसरमा सांसद राजभण्डारीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई घरमा बोलाएर एक लाख रुपैयाँको चेक हस्तान्तर गरेका हुन् । यसरी सहयोग गर्ने प्रतिनिधि सभा सांसद मध्येमा राजभण्डारी पहिलो बनेका छन् । अध्यक्ष पुनले फेसबुकमा लेखेका छन्, ‘यसरी दान गर्ने प्रतिनिधि सभाका सदस्यहरुमा उहाँ पहिलो हुनु भयो ।’ उनले बिगत पच्चीस बर्षदेखि हरेक वर्ष नेपाल सम्बत सुरु हुने दिन घरमा भोजको आयोजना गरेर साथीभाईहरुलाई बोलाएर खानपिन गरि रमाइलो गर्ने गरेका थिए । तर, यो वर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न नमिले भएकाले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको बताइएको छ । सांसद राजभण्डारीले भनेको कुरा पुनले यसरी लेखेका छन्, ‘बिगत ...
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

प्रमुख समाचार, फोटोफिचर, शिक्षा/स्वास्थ्य
काठमाडौं, २० कार्तिक (ससं) । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कार्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको हो । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित ज...
त्रिविका विद्यार्थीले आफ्नै ठाउँमा पर्ने परीक्षा केन्द्रबाट परिक्षा दिन पाउँने

त्रिविका विद्यार्थीले आफ्नै ठाउँमा पर्ने परीक्षा केन्द्रबाट परिक्षा दिन पाउँने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, १९ कात्तिक (ससं) । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले आफू बसेको ठाउँमा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिक पर्ने त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झण्जट टरेको छ । कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिए हो । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिन पाइने छ । लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । प्रवेशपत्र पनि अनलाइन...

कक्षा १२ को परीक्षा मंसिर ९ बाट सञ्चालन

निर्माण, शिक्षा/स्वास्थ्य
काठमाडौं, ५कार्तिक (ससं) । नोवेल कोरोना भाइरस का कारणस्थकित रहेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालनलन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।