Monday, May 20Nepal News Portal
Shadow

शिक्षा/स्वास्थ्य

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको नयाँ शुल्क तोक्यो

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको नयाँ शुल्क तोक्यो

निर्माण, शिक्षा/स्वास्थ्य
काठमाडौ, (ससं) । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी र एमएस तथा एमडीएससहित) को शुल्क तोकेको छ । एमडी–एमएस क्लिनिकल तथा एमडीएस क्लिनिकलको अध्ययन शुल्क २२ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । त्यस्तै एमडी–एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस ननक्लिनिकल अध्ययन गर्नका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ तिर्नु पर्ने छ। एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएनरएमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ। यस्तै एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ। एमफिल क्लिनिकल साइकोलोजीका लागि २ लाख ९३ हजार ६४५ रुपैयाँ शुल्क निर्धारण गरिएको आयोगले जानकारी दिएको...
पाठयक्रमको मुद्दा हेर्दाहेर्दै राखियो

पाठयक्रमको मुद्दा हेर्दाहेर्दै राखियो

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, (ससं) । सर्वोच्च अदालतमा विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सोमबार (आज) न्यायधिश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइको लागि पेश भएको थियो । बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् । ‘आज बहस सकिएन, भोलि पनि सुनुवाईको लागि इजलासमा पेश हुन्छ, त्यसपछि केहि आदेश आउन सक्छ,’ उनले भने । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको छ । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्क्योल हुनुपर्ने बताएका छन् । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम पारुप स्वीकृत गरेपछि देशभरका अधिकांश शिक्षण संस्थामा...
विद्यार्थीका लागि आयो ‘एनसेल अडियो क्लास’, कक्षा १ देखि ४ सम्मका विद्यार्थीले जहाँबाट पनि लिन सक्ने

विद्यार्थीका लागि आयो ‘एनसेल अडियो क्लास’, कक्षा १ देखि ४ सम्मका विद्यार्थीले जहाँबाट पनि लिन सक्ने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २६ (ससं) । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने छन् । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्समा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ । पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई श...
उपत्यकाका विद्यालय माघदेखि खुल्ने

उपत्यकाका विद्यालय माघदेखि खुल्ने

ऊर्जा, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २४ (ससं) । कोरोना भाइरस (कोभिड–१९) को जोखिम घट्दो पाइएपछि  उपत्यकाका  सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्...
भक्तपुर नगरपालिकाका विद्यालय माघ १ बाट पूर्ण रुपमा सञ्चालन हुने

भक्तपुर नगरपालिकाका विद्यालय माघ १ बाट पूर्ण रुपमा सञ्चालन हुने

ऊर्जा, निर्माण, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस (ससं) । भक्तपुर नगरपालिकाभित्रका सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ । यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो । सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ ।  ...
विधि पढाउने ल क्याम्पसले ग-यो पढाइ सक्ने बेलामा भर्नाका लागि प्रवेश परीक्षा  खुल्ला

विधि पढाउने ल क्याम्पसले ग-यो पढाइ सक्ने बेलामा भर्नाका लागि प्रवेश परीक्षा खुल्ला

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २३ (ससं) । विद्यार्थीलाई ‘विधि पढाउने’ नेपाल ल क्याम्पसले पढाइ सक्ने बेलामा भर्नाका लागि प्रवेश परीक्षा आह्वान गरेको छ। त्रिभूवन विश्वविद्यालय अन्तर्गत सञ्चालित देशकै पुरानो ल क्याम्पस विधि नाघ्न पनि उम्दा देखिएको हो। अरु कुनै विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेर एलएलबी भर्नाका लागि तीन वर्षअघि फारम भरेका विद्यार्थीका लागि बल्ल बिहीबार मात्रै प्रथम वर्षको भर्नाका लागि प्रवेश परीक्षा तोकेको छ। क्याम्पसले २०७५/७६ मै प्रथम वर्षको भर्ना गरेर अध्यापन सुरु गरेको भए यो वर्ष विद्यार्थी एलएलबी सकेर क्याम्पस छोड्ने तरखरमा हुन्थ्यो। तर क्याम्पस प्रशासनले ६ सय जना विद्यार्थी पढ्न पाउने कोटा निर्धारण गर्दै आउँदो माघ १७ गते प्रवेश परीक्षा तोकेको सूचना प्रकाशित गरेको छ। उक्त वर्ष कानुन पढ्नका लागि तीन हजारभन्दा बढिले फर्म भरेको क्याम्पस प्रशासनले जनाएको छ। चर्को शुल्कका कारण ...
त्रिविको स्नातक तहको  परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

त्रिविको स्नातक तहको  परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २२ (ससं) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने जनाएको छ । एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो । त्रिविले ३–४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौकासमेतका साथै पाँच वर्षे विए एलएलवि पूरा, आंशिक र ३ वर्षे विए एलएलवि दोस्रो वर्षका नियमित परीक्षा संञ्चालन हुन लागेको जानकारी दिएको छ ।...
पाठ्यक्रमको मुद्दा २७ गतेलाई स-यो

पाठ्यक्रमको मुद्दा २७ गतेलाई स-यो

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस (ससं) । सर्वोच्च अदालतमा विचाराधीन विद्यालय तहको पाठ्यक्रमसम्बन्धी मुद्दा फेरि एक साता पर सरेको छ । शैक्षिकसत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनी दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता छ । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरूले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने हो, अदालतले शीघ्र निर्क्योल गर्नुपर्ने बताएका छन् । न्यायाधीशहरू टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार सुनुवाइ गर्दै पुस २७ गते बृहत् छलफल गर्ने आदेश दिएको छ । सुनुवाइका निम्ति कागजातसहित दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले मुद्दाको चाँडो टुंगो गर्न अदालतको ध्यानाकर्षण गराएको बताएका छन् । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारूप स्वीकृत गर...
स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न सकिन्छ : शिक्षा मन्त्रालय

स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न सकिन्छ : शिक्षा मन्त्रालय

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २० (ससं) । कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रले विद्यालय खोल्न दिने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रको बैठकले सरकारलाई प्रतिबन्ध लागेका विद्यालय, सिनेमालगायत क्षेत्र खोल्न दिने निर्णय गरेको थियो। अब बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई अनुमोदन गर्नेछ। कोरोना महामारीका कारण गत चैत ५ गतेदेखि विद्यालय क्षेत्र बन्द छ। नेपालमा कोरोना संक्रमितको संख्या घट्दो छ तर जोखिम भने कम नभएको सरकारी अधिकारी नै बताउँछन्। त्योभन्दा महत्त्वपूर्ण बेलायतलगायतका विश्वका अन्य देशमा कोरोनाको नयाँ प्रजाति फेला परेको छ। यो तीव्र गतिमा फैलिरहेको छ। यस्तो अवस्थामा विद्यालय क्षेत्र खोल्ने निर्णय गर्नु गलत भएको जनस्वास्थ्य विद्हरूले बताएका छन्। विश्वका विभिन्न मूलुकसहित छिमेकी देश भारत तथा चीनमा समेत नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको अवस्थामा यो निर्णय हतारोमा भएको उनीहर...
कक्षा १२ को नतिजा चाँडै प्रकाशन हुने

कक्षा १२ को नतिजा चाँडै प्रकाशन हुने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, पुस २० (ससं) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रकाअनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ । गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थी संख्या थोरै रहेको जनाइएको छ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।   कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ । ‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री ग...