Wednesday, January 15Nepal News Portal
Shadow

राष्ट्रिय आविष्कार केन्द्रलाई सांसद दिव्यमणि राजभण्डारीको १ लाख सहयोग


काठमाडौं, ३० कात्तिक (ससं) । प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल सम्वत ११४१ को अवसरमा सांसद राजभण्डारीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई घरमा बोलाएर एक लाख रुपैयाँको चेक हस्तान्तर गरेका हुन् । यसरी सहयोग गर्ने प्रतिनिधि सभा सांसद मध्येमा राजभण्डारी पहिलो बनेका छन् । अध्यक्ष पुनले फेसबुकमा लेखेका छन्, ‘यसरी दान गर्ने प्रतिनिधि सभाका सदस्यहरुमा उहाँ पहिलो हुनु भयो ।’

उनले बिगत पच्चीस बर्षदेखि हरेक वर्ष नेपाल सम्बत सुरु हुने दिन घरमा भोजको आयोजना गरेर साथीभाईहरुलाई बोलाएर खानपिन गरि रमाइलो गर्ने गरेका थिए । तर, यो वर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न नमिले भएकाले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको बताइएको छ ।

सांसद राजभण्डारीले भनेको कुरा पुनले यसरी लेखेका छन्, ‘बिगत पच्चीस तीस बर्षदेखि हरेक बर्ष आजको नव वर्षको दिनमा मैले मेरो घरमा भोजको आयोजना गरेर साथीभाईहरुलाई बोलाएर खानपिन गरि रमाइलो गर्ने र नयाँ वर्ष मनाउने गर्दथें । तर, यो वर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न मिलेन । किन भने सामाजिक दुरी कायम राख्नु पर्ने र भोज भतेर गर्न नपाउने स्वास्थ्य बिज्ञहरुको सल्लाह छ । त्यसैले यो बर्षको भोज गर्ने र रमाइलो गर्ने पैसा बचेको हुनाले राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने निर्णय गरेको हुँ । अरु बुझ्ने मान्छेहरुले पनि यसरी नै दान गर्न अनुरोध गर्दछु ।’

राजभण्डारी नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्