Sunday, February 16Nepal News Portal
Shadow

२४ घण्टामा थप १,६१४ जनामा कोराना संक्रमण पुष्टि, १,४३५ जना निको


काठमाडौं, ११ मंसिर (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख २६ हजार २७ ६४० पुगेको छ।। गत २४ घण्टामा नेपालमा १,४३५ जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार हाल नेपालमा २ लाख ९ हजार ४३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्