Thursday, May 9Nepal News Portal
Shadow

डलरको भाउ स्थिर रहँदा घट्यो युरो र पाउण्ड


काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि त्यहि भाउमा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार (आज) सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ २ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा तोकिएको छ।

आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १ रुपैयाँ ८ पैसा घटेको हो।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १५८ रुपैयाँ १८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ४२ पैसा र बिक्रीमा ९० रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकेको छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २२ पैसा र बिक्रीमा ४३० रुपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९ पैसा तोकिएको छ।

Total Page Visits: 198 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्