Tuesday, May 14Nepal News Portal
Shadow

नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू


काठमाडौं । टाटा मोटर्सले मंगलबारबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू गरेको छ।

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप कम्पनीले नेक्सन इभी म्याक्स बजारमा ल्याएको हो।

कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको मूल्यमा उपलब्ध छ।

उत्कृष्ट एवम् दिगो ‘मोबिलिटी’ मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्‍याउने अपेक्षा गरिएको छ।

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङहरूमा उपलब्ध छ। त्यसैगरी, स्ट्यान्डर्ड रङको रुपमा डुएल टन बडी पनि उपलब्ध छ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ।

यस कारणले यो गाडीले बिना कुनै झञ्झट एआरएआइद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्छ। यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ।

यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ सम्पन्न गर्दछ।

नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केबल ५६ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ।

नेपाली ग्राहकहरूले रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरूको साथ टाटाले विगत केही समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवम् विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा नेक्सन इभी म्याक्सको बजारमा बिक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौं’, टाटा मोटर्स पेसेन्जर भेहिकल एवम् टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्रले भने।

त्यस्तै, सिप्रदी ग्रुप अफ कम्पनीजका अध्यक्ष सिद्धार्थ शमशेर ज।ब।राणा नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता एवम् इच्छालाई परिपूर्ति गर्ने एक नविन सौगात भएको बताउँछन्।

Total Page Visits: 143 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्