Sunday, May 5Nepal News Portal
Shadow

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता


काठामडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा नै अवतरण भएको छ।

आइतबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमा नै अवतरण भएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७ः५० बजे उडेको थियो।

तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए।

त्यसपछि ८ः २० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए।

उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ।

Total Page Visits: 122 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्