Monday, April 29Nepal News Portal
Shadow

बजाजका दुई नयाँ बाइक बजारमा, यस्तो छ मूल्य


काठमाडौं । बजाजका दुई नयाँ बाइक पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्र्रुप)ले बाइक सार्वजनिक गरेको हो ।

नयाँ बाइक सार्वजनिक गर्दै गोल्छा ग्रुपको निर्देशक अभिमन्यु गोल्छाले भने, “दुई नयाँ बाइक पल्सर एनएस २०० र पल्सर एनएस १६० बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । नयाँँ विशेषतासहितको अत्याधुनिक बाइकहरू ल्याएर हाम्रा राइडरहरूको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ ।”

कस्ता छन् अपसाइड डाउन (यूएसडी)बाइक पल्सर एनएस २०० यूएसडीमा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ ।

यसले ९ हजार ७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

पल्सर एनएस २०० यूएसडीमो आकर्षक र आक्रामक डिजाइनका साथमा विशिष्ट सवारी अनुभव र सटिक ह्यान्डलिंग रहने कम्पनीले जानकारी दिएको छ ।

पल्सर एनएस १६० यूएसडीमा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन रहेको छ ।

बाइककले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० मा उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता रहेको कम्पनीको दाबी छ ।

दुवै बाइकमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २३० एमएमको डिस्क ब्रेक रहेको छ । दुवैमा बाइकमा ३३ एमएमको अपसाइड डाउन फ्रन्ट सस्पेन्स र क्यानिस्टरसहितको रेयर नाइट्रोक्स मोनो शक रहेको छ ।

अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरू रहेको छ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९०० र ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।

Total Page Visits: 123 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्