Saturday, April 27Nepal News Portal
Shadow

प्रत्येक शनिबार रैथाने कृषि हाटबजार दरबारमार्गमा


काठमाडौं । प्रत्येक शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरी साउन १ देखि रैथाने कृषि हाट बजार सुरू भएको छ।

कृषिजन्य रैथाने सामग्री खरिद-बिक्री तथा अवलोकनका लागि दरबार मार्गमा कृषि जन्य सामग्रीको बिक्री सुरू गरिएको रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए।

गत सोमबार उक्त कृषि बजारको उद्घाटन भएपनि आगामी शनिबारबाट नियमित बजार लाग्ने उनले बताए। उनका अनुसार बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्न पाउँने छन्।

कृषि हाट बजारमा पहिलो दिन २० वटा स्टल राखिएको थियो। बारीमा उत्पादित आर्गानिक फलफूल तथा कृषि जन्य सामग्री राखिएको थियो। फर्सीको मुन्टा, रायो साग, मह, आलु र तथा अन्य सामाग्री राखिएको थियो।

सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए। मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिएको थियो।

उनका अनुसार हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न गेडागुडी, जडीबुट्टी, मौसमी फलफूल र तरकारी पाइन्छ।

हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउ बिजन, बिरूवा, फूल र प्राङगारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, मासुजन्य थोक र बेकरी, कफी तथा चिया उपलब्ध हुन्छ।

ुघरको आँगनदेखि जंगलमा पाइने वस्तुहरू बिक्रीका लागि राखिन्छ, हाटबजारबारे ढकालले भने, आलु, जंगलमा उत्पादित मह तथा अन्य परिकारहरू समेत पाइन्छ। उत्पादक किसान उपभोक्ताबीच सिधा सम्पर्क हुने संगमस्थल बनाइएका हौं।

रैथाने हाटबजारमा किसान र व्यापारीलाई उत्पादन गर्दाको अनुभव सुनाउँदै ग्राहकलाई सामान बिक्री गर्न पाइनेछ।

साथै कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यका लागि अवसर सिर्जना हुनेछ। जैविक विविधता र मौलिक नेपाली खानाको प्रचार(प्रसार समेत हुने उनको भनाइ छ।

Total Page Visits: 153 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्